नेकपा एमाले इलामको दशौं अधिवेशन सुरु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा एमाले इलामको दशौं अधिवेशन सुरु


इलाम । नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशन सदरमुकाममा सुरु भएको छ । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको हो ।

नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अहिलेको सत्ताधारी ५ दलीय गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

उपाध्यक्ष नेम्बाङले अहिलेको सत्ताधारी गठबन्धन विना मुल्य र मान्यताको आधारमा बनेको टिप्पणी गर्दै सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको दावी गरेका छन् ।

प्रतिपक्षले सत्तामा हुनेहरुको आलोचना गर्नुपर्नेमा सत्तामा हुनेहरुले प्रतिपक्षीलाई आलोचना गरिरहेको घटनाले गठबन्धन उल्टो बाटोमा हिँडेको प्रमाणित गरेको टिप्पणी गर्दै उपाध्यक्ष नेम्बाङले यसले गठबन्धनको आयु सकिएको दावी गरे ।

उपाध्यक्ष नेम्बाङले वर्तमान गठबन्धनलाई ‘दुषित गठबन्धन’ को संज्ञा दिदैं एमालेप्रति निषेध र वदलाको भावनाको साथ प्रस्तुत भएको आरोप लगाए । ‘राजतीनिमा निशेष र वदलाको भावना हुनु हुँदैन । तर वर्तमान गठबन्धमा त्यो देखियो ।यसले विश्वमा नभएको अभ्यास सुरु भएको देखाउँछ’ उपाध्यक्ष नेम्बाङले भने, ‘अरुतिर सत्तामा रहेकाले प्रतिपक्षमा रहेकालाई फकाएर, छलफल गरेर सहमतिमा ल्याउने चलन छ । तर यहाँ त प्रतिपक्षीलाई घेराबन्दीमा पारेर सत्तापक्षले आक्रमण गरिरहेको छ । यसले राम्ररो गर्दैन ।’

उपाध्यक्ष नेम्बाङले प्रमुख प्रतिपक्ष दल एमालेलाई गठबन्धनले घेराबन्दीमा पारेर चौतर्फी प्रहार गरिरहेको भएपनि एमाले झन्झन् बलियो बन्दै गएको र गठबन्धन झन्झन् कमजोर बन्दै गएको दावी गरे ।

यसैगरि अधवेशन उद्द्घाटनको अवसरमा ४१ जना जेष्ठ कम्यसनिष्टलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेको सम्मान गरिएको हो ।

यस्तै अधिवेशन उद्घाटनको अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी निकट नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य एवम् इलाम अध्यक्ष जगत नेम्बाङसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय लिम्बुवान परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई उपाध्यक्ष नेम्बाङसहित, केन्द्रीय सदस्य राम रानालगायतले पार्टीमा स्वागत गरेका थिए ।

सम्बन्धित खवर