ओएशिस इलाम जिल्ला ए डिभिजन लिगको शिर्ष स्थानमा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओएशिस इलाम जिल्ला ए डिभिजन लिगको शिर्ष स्थानमा

इलाम । इलाममा जारि एन्फा इलाम जिल्ला ए डिभिजन लिगमा आज (शुक्रबार) वी पोलका तीन खेल सम्पन्न भएका छन् ।

फुटबलको विकास र खेलाडी उत्पादनको लागि जारी लीगमा तीन खेल खेलेको क्लव ओएशिस ९ अंक सहित शिर्ष स्थानमा रहेको छ ।

इलामको ठूलो टुडिखेलमा भएको पहिलो खेलमा त्रिवेणी युथ क्लव देउमाईले हेलो जस्वीरेलाई ५–० ले पराजित गरे । यसैगरि दोस्रो खेलमा माइभ्याली फुटबल कल्वले हेलिवोध फुटबल क्लवलाई १–० ले पराजित गरे ।

यस्तै तेस्रो खेलमा क्लव ओएशिसले आफ्नो अपराजित यात्रालाई कायम राख्दै देउराली स्पोटीङ क्लवलाई १–० ले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ वटा टीम र वी पोलमा ७ वटा टीम सहभागी रहेका छन् । लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् ।

 

सम्बन्धित खवर