माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ सहित सहित १० जनालाई कोरोना संक्रमण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ सहित सहित १० जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित सहित पार्टीका १० जना नेता कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ सहित सहित १० जनालाई कोरोना संक्रमण भएपछि पार्टीको गतिविधि ठप्प भएको छ । प्रचण्डको सचिवालयले डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो ।

अध्यक्ष प्रचण्डलाई लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि उनको सचिवालयले जानकारी दिएको छ । यस्तै प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको छ ।

अध्यक्ष प्रचण्डसँग योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत सचिवालयले अनुरोध गरेको छ । अहिले माओवादीको केन्द्रीय कार्यालय सिल गरिएको छ ।

यसैगरि वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्वअंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भएको छ । उनीहरु अध्यक्ष प्रचण्डलाई आन्तरिक रुपमा बधाई दिन पुगेका थिए ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायलगायतका नेतालाई पनि संक्रमण पुष्टि भइसकेको छ । नेता कार्यकर्तामा धमाधम संक्रमण देखिन थालेपछि महाधिवेशनबाटै फैलिएको आशंका गरिएको छ ।

अध्यक्ष प्रचण्डलाई नै संक्रमण भएपछि उनीसँग भेटघाट तथा नजिक रहेका सबै नेता कार्यकर्तालाई कोरोना परीक्षण गर्न सुझाव दिइएको छ । नेता कार्यकर्तामा कोरोना संक्रमण देखिन थालेपछि पार्टीका सबै गतिविधि ठप्प गरिएको हो ।

यस्ेगरि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माओवादीको केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।

गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयानका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाललले जानकारी दिए ।

 

सम्बन्धित खवर