माङसेबुङमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं कांग्रेसमा प्रवेश - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं कांग्रेसमा प्रवेश

माङसेबुङ । इलामको माङसेबुङमा विभिन्न पार्टी परित्याग गरी पाँच दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

शनिबार माङसेबुङ स्थित भालुटारमा १४ औं महाधिबेशनबाट बिभिन्न तहमा बिजयी भएकालाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी पाँच दर्जन बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले उनिहरुलाई खादा ओढाएर र टिका लागाएर स्वागत गरे ।

यसरी कांग्रेस प्रवेश गर्नेहरुमा झरेन्द्र लिम्बू, सिङगम लिम्बू, सुवास थेगिम, निसा देवान, लालकुमारी लिम्बू, धनमाया लिम्बू, सुखबहादुर लिम्बू, सुर्यमाया लिम्बू, भिमा लिम्बू, हर्कमाया लिम्बूलगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि काँग्रेस सभापति खड्काले पटक पटक सभामुख समेत भईसकेका नेता सुवासचन्द्र नेम्वाङले जनतालाई सँधै ढाँट्नुबाहेक विकासका केही काम नगरेको आरोप लगाए ।

उनले काँग्रेसबाट मात्र प्रजातान्त्र र विकास सम्भव रहेकोले सबैलाई काँग्रेस प्रवेश गर्न आग्रह गर्दै महागुरु फाल्गुनन्दको तपोभूमि तथा वर्तमान धर्मगुरुको पवित्र स्थल लारुम्बाको विकास र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

यसैगरि कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति डिकेन्द्र इधिङ्गो, जिल्ला सदस्य रामाया लिम्बूलगायतले समेत मन्त्ब्य राखेका थिए ।

नेपाली कांग्रेस माङसेबुङ ५ का सभापति दुधबहादुर लिम्बूको सभापतित्वमा र कांग्रेस माङसेबुङ सचिव धनसिं सङबाङफेको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य चन्द्रमाया लिम्बू, क्षेत्रीय सभापति डिकेन्द्र इधिङ्गो, प्रदेश सभापति खगेन्द्र लिम्बू, जिल्ला सदस्यहरु सकुन्तला राई, डम्बर लोरिङदेन, नन्दकिशोर कुमार राई, क्षेत्रीय सदस्य सन्तोश गोले तामाङ, महाधिवेशन प्रतिनिधि जुनु माखिम, माङसेबुङ गाउँपालिका सभापति चन्द्र साँवा, उपसभापतिद्वय रनमान थेबे यलम्बर साँवा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर