रुक्साना लिम्बू ‘द भ्वाइस किड्स’को फिनालेमा प्रवेश - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुक्साना लिम्बू ‘द भ्वाइस किड्स’को फिनालेमा प्रवेश

काठमाडौं । रुक्साना लिम्बू चर्चित रियालिटी शो ‘द भ्वइस किड्स’ नेपालको ग्राण्ड फिनाले (टप ८)मा प्रवेश गरेकि छन् ।

शनिबार भएको ‘द भ्वइस किड्स’को सेमिफाईनल (टप १६) राउण्डबाट कोच प्रमोदको टीमबाट रुक्साना लिम्बू ग्राण्ड फिनाले (टप ८)मा प्रवेश गरेकि हुन् ।

रुक्सााना लिम्बू संगै कोच प्रोदको टीमबाट जेनिस उप्रेती, कोच राजुको टीपबाट पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल फिनालेमा प्रवेश गरेका छन् । यस अघि शुक्रबार भएको शोबाट कोच टीम मिलनबाट नुमा राई र मिन्छामा राई, कोच प्रविसाको टीमबाट सुसमी गुरुङ र अनुजा कडारिया फिनालेमा प्रवेश गरेका छन् ।

‘द भ्वइस किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ । फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बू संस्कृतिमय बनाएकी हुन् ।

लिम्बुले सेमिफाईनल राउण्डको प्रस्तुतिमा लिम्बु भाषाको गीत ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ बोलको स्थाई गाउँदा स्टेज नै लिम्बु भाषामय बनेको थियो । त्यसपछि जितेन राईको चर्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै विनायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्रस्तुतीलाई दर्शक तथा कोचहरुले अत्याधिक मन पराएका थिए भने चारै जना कोचहरु छमछमी नाचेका थिए । सबैले उनको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् ।

भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै भाषा संस्कृति रुची राख्ने कोच राजु लामाले आफ्नो भाषा संस्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुतीसँगैको भाषा र भेषभूषाको समेत प्रशंसा गरेका थिए ।

यसैगरी अर्की कोच मिलनले त झनै स्टेजमै लिम्बू भाषाको गीत गाएर झनै लिम्बू मय बनाइ दिएका थिए । उनले पनि रुक्सानाको प्रस्तुती र भेषको उच्च प्रशंसा गरिन् ।

रुक्सानाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्सानाको प्रस्तुती र भाषा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू संस्कृतिमय बनाउन कुनै कन्जुस्याइ गरेनन् । उनले लिम्बू भाषाबाटै रुक्सानासँग कुराकानी गरे । कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कुराहरु छिटै सिक्ने खुवी भएको बताए ।

स्टेजमा अझ रमाइलो के थियो भने रुक्सानाको प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका युवतीहरुका कारण झनै आकर्षक बनेको थियो । अझै रोचक त झन रुक्सानाले लगाएका सबै लिम्बू गहनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।

रुक्सानाले विना कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आफ्नो भाषा संस्कृती र भेषभूषा विर्सिदै जाँदा आफ्नो भेषभूषा र भाषा प्रति यतिको ठूलो ज्ञान हुने पक्कै पनि सानो कुरा होइन ।

 

सम्बन्धित खवर