पोक्लाबाङ यकको प्रथम साधारणसभा सम्पन्न, लुङधुङद्वारा प्रेस बिज्ञप्ति जारि - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोक्लाबाङ यकको प्रथम साधारणसभा सम्पन्न, लुङधुङद्वारा प्रेस बिज्ञप्ति जारि

फेदाप । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएको छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो ।

१८ थरी लिम्बुहरुले आफ्नो उद्गम भुमी माङ्गेन्ना यक पोक्लाबाङलाई मान्ने गरेका छन् । फेदाप पोक्लाबाङ एक ऐतिहासिक स्थल पनि हो । यस संस्था गत बर्षको फागुन २५ र २६ गते पोक्लाबाङ भेलाले स्थापना गरि २०७८ साउन ११ गते जिल्ला प्रसासन कार्यालय तेह्रथुममा बिधिगत दर्ता सम्पन्न गरिएको थियो ।

साधारणसभा सभाको उद्घाटन कार्यक्रम सुरु हुनु पुर्व बिहान माङ्गेन्ना यकमा १८ थरी सयङहरुको सामुहिक माङहुक्वा वादेम्मा कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि फेदाप गाउँपालिका अध्यक्ष हरि प्रसाद हुक्पाचोङबाङले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चोङबाङले यश संस्थाको उन्नति र बिकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले फेदाप बिकासको लागि यस संस्था र फेदाप सरकारले हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा फेदाप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराई, हुक्पाचोङबाङ कल्याण संघका सचिब देवराज हुक्पाचोङबाङ, निङ्लेकु उत्थान संघका प्रतिनिधि नन्द प्रसाद निङ्लेकु, आङ्बुङ समाजका अध्यक्ष धन सुन्दर आङ्बुङ, सिङ्गक समाज नेपालका नर बहादुर सिङगक, याक्थुङ पङ्धाक संघका लोकमान पंधाक, याक्थुङ तेयुङ संजुम्भोका कृष्ण तेयुङ, हुक्पामादेम्बा समाजका अध्यक्ष चन्द्र बहादुर मादेम्बा, याक्थुङ खापुङहाङ संजुम्भोका इन्द्र बहादुर खापुङ लुम्फुङ्वा कल्याणकारी संघका राज्य प्रसाद लुम्फुङवा, पाहिम जागरण समाजका लोकमान पाहिम सम्बाहाङ्फे उत्थान संघका लोक ब सम्बाहाङ्फे र मुसाहाङ समाजका डिल्लीस्वर मुसाहाङले आ–आफ्नो धारणा राखेका थिए ।

साधारणसभाले १८ बुँदे कार्यपत्र समेत पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका महासचिव टेक बहादुर खापुङले संचालन गरेका थिए । भने स्वागत मन्तव्य राजकुमारी सिङ्गकले राखेकि थिइन् ।

कार्यक्रममा लिम्बुहरुको महान चार्ड कक्फेक्वा तङनाम तथा येले तङ्बे ५०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सहभागीहरुबिच भएको थियो ।

यसैगरि साधारण सभाले फेदाप पोक्लाबाङ यकको ऐतिहासिक पवित्र स्थलहरुमा भईरहेको भूमि अतिक्रमणमा यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।

अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा यस्ता अतिक्रमित भूमिहरुको कार्यहरु तत्काल रोक्न सम्बन्धित पक्ष र स्थानीय निकायसंग यस साधारण सभा कडा माग गर्दछ भनि उल्लेख गरिएको छ ।

यस्तो छ प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति

पोक्लाबाङ यकलाई आफ्नो माङगेन्ना यक मान्ने १८ थरि लिम्बूहरुको साझा संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदापको प्रथम साधारण सभा फेदाप पोक्लाबाङ वार्ड न. १ स्थित फेदाप स्पोर्टिङ क्लवको हलमा २०७८ माघ १ गते भव्यताका साथ सम्पन्न भईसकेको छ ।

यस ऐतिहासिक साधारण सभाले १८ बुँदे नीति तथा कार्यक्रमहरु समेत पारित गरि फेदापको ऐतिहासिक, धार्मिक, साँस्कृतिक पुरातात्विक लगायत साझा सम्पदाहरको संरक्षण र बिकासको लागि सकृय गतिबिधि अघि बढाउने निर्णयहरु समेत पारित गरिएको छ । फेदाप पोक्लाबाङ यकको ऐतिहासिक पवित्र स्थलहरुमा भईरहेको भूमि अतिक्रमणमा यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको समेत साधारण सभा मार्फत सार्वजनिक गर्न चाहान्छौं, यस्ता अतिक्रमित भूमिहरुको कार्यहरु तत्काल रोक्न सम्बन्धित पक्ष र स्थानीय निकायसंग यस साधारण सभा कडा माग गर्दछ । पोक्लाबाङ यकको थाम्रुङ स्थल÷शिरमा भईरहेको घेराबारा, १ नं वडा स्सथानीय जनप्रतिनिधिको संग्लनतामा भईरहेको घर निर्माण र अव्यवस्थित समाधि स्थल लगायतको कार्यले पोक्लाबाङ थाम्रुङको ऐतिहासिकता र सौन्दर्य समेत नष्ट भएकोले साधारण सभा खेद प्रकट गर्न चाहान्छ ।

अन्त्यमा, यसरी फेदाप भरि भएका अतिक्रमित कार्यहरु तत्काल बन्द नगरे यस संस्था भौतिक रुपमा समेत आन्दोलित हुन बाध्य हुने साधारण सभा घोषण गर्दछ ।

.……………………
सेसेहाङ हुक्पा चोङबाङ
अध्यक्ष

 

सम्बन्धित खवर