नेपालमा आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा १५ हजार १ सय ३१ नमुना परीक्षण गर्दा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६ सय ८० संक्रिय संक्रमित छन् ।

सम्बन्धित खवर