विमल चम्किदा मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपाललेको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विमल चम्किदा मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपाललेको जित

काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपाली राष्ट्रिय फुटबल टिमले जित हासिल गरेको छ ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । तीन वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।

मरिससविरुद्ध नेपाल सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । खेलमा विमल प्लेयर अफ दि म्याच चुनिए ।

यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरेका छन् भने मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।

सम्बन्धित खवर