पबित्रहाङमा कप : जनता सेभेन इलाम र कन्काई झापा भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : जनता सेभेन इलाम र कन्काई झापा भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता अन्तरगत आज (बुधबार) जनता सेभेन स्पोर्टीङ क्लव सुनपा इलाम र कन्काई नगरपालिका झापा प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा अपरान्ह २ बजे हुने प्रतियोगिता अन्तरगत पहिलो चरणको तेस्रो खेलमा सोमबार भएको खेलमा जनता सेभेन स्पोर्टीङ क्लव सुनपा इलाम र कन्काई नगरपालिका झापा बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि सोमबार भएको खेलमा डि.डब्लु.एफ.सि. धरान सुनसरीलाई ४–० गोलले पराजित गर्दै ए.पि.एफ.सी. माङसेबुङ सेमीफाइनलमा प्रवेश गरेको हो ।

माङसेबुङको जितमा सुजुहाङमा लिम्बू एक्लैले ४ गोल गरिन । लिम्बूले पहिलो हाफमा गोल गरिन भने दोस्रो हाफमा ह्याट्रीक पुरा गार्दै थप गोल गर्दै एक्लैले ४ गोल पुरा गरिन ।

माङसेबुङले खेल अवधिभर विपक्षीलाई निरन्तर दवावमा राखेको खेलमा वुमन अफ दी म्याच भने सुनसरीकी सुस्मिता राई घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए.पि.एफ.सी. माङसेबुङ इलाम, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, केराबारी गाउँपालिका खेलकुद समिति मोरङ, माङसेबुङ गाउँपालिका इलाम, जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम, डि.डब्लु.एफ.सि. धरान सुनसरी, पञ्चकन्या एफ.सी. उदयपुर, कन्काई नगरपालिका झापा, सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न मौलिक खेलहरु पनि सञ्चालन हुनेछन् । मौलिक खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड, तान गुन्द्री बुन्ने, सियो धागो उन्ने, कराँते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

 

 

सम्बन्धित खवर