पबित्रहाङमा कप : केराबारी मोरङ दोस्रो चरणमा प्रबेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : केराबारी मोरङ दोस्रो चरणमा प्रबेश

केराबारी गाउँपालिका खेलकुद समिति मोरङका खेलाडीहरु

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा केराबारी गाउँपालिका खेलकुद समिति मोरङ दोस्रो चरणमा प्रबेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (बिहिबार) सम्पन्न पहिलो चरणको चौंथो खेलमा रोयल स्पोर्टीङ क्लब दमक झापालाई ट्राईब्रेकरमा ४–३ गोलले पराजित गर्दै केराबारी गाउँपालिका खेलकुद समिति मोरङ दोस्रो चरणमा प्रबेश गरेको गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल रहित बराबरीमा खेल सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा केराबारी मोरङ भाग्यमानी सावित भयो ।

रोयल स्पोर्टीङ क्लब दमक झापाका खेलाडीहरु

यसैगरि खेलको वुमन अफ दी म्याच केराबारी मोरङकी गोल किपर कल्पना क्षेत्री घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत शुक्रबार (भोली) दोस्रो चरणको खेल जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम र माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी बीच हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

वुमन अफ दी म्याच केराबारी मोरङकी गोल किपर कल्पना क्षेत्री नगद पुरस्कार सहित प्रमाण–पत्र ग्रहण गर्दै

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए.पि.एफ.सी. माङसेबुङ इलाम, रोयल स्पोर्टीङ क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, केराबारी गाउँपालिका खेलकुद समिति मोरङ, माङसेबुङ गाउँपालिका इलाम, जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम, डि.डब्लु.एफ.सि. धरान सुनसरी, पञ्चकन्या एफ.सी. उदयपुर, कन्काई नगरपालिका झापा, सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न मौलिक खेलहरु पनि सञ्चालन हुनेछन् । मौलिक खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड, तान गुन्द्री बुन्ने, सियो धागो उन्ने, कराँते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

 

सम्बन्धित खवर