पबित्रहाङमा कप : आज जनता सेभेन इलाम र माउण्ट एभरेस्ट सुनसरी भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : आज जनता सेभेन इलाम र माउण्ट एभरेस्ट सुनसरी भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता अन्तरगत आज (शुक्रबार) जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम र माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी बीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा अपरान्ह २ बजे हुने प्रतियोगिता अन्तरगत दोस्रो चरणको पहिलो खेलमा जनता सेभेन इलाम र माउण्ट एभरेस्ट सुनसरी बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि प्रतियोगिता अन्तरगत बिहिबार सम्पन्न खेलमा रोयल स्पोर्टीङ क्लब दमक झापालाई ट्राईब्रेकरमा ४–३ गोलले पराजित गर्दै केराबारी गाउँपालिका खेलकुद समिति मोरङ दोस्रो चरणमा प्रबेश गरेको गरेको छ ।

निर्धारित समयमा दुबै टिमबाट गोल रहित बराबरीमा खेल सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको थियो ।

खेलको वुमन अफ दी म्याच केराबारी मोरङकी गोल किपर कल्पना क्षेत्री घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए.पि.एफ.सी.माङसेबुङ इलाम, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, केराबारी गाउँपालिका खेलकुद समिति मोरङ, माङसेबुङ गाउँपालिका इलाम, जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम, डि.डब्लु.एफ.सि. धरान सुनसरी, पञ्चकन्या एफ.सी. उदयपुर, कन्काई नगरपालिका झापा, सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

सम्बन्धित खवर