चारदेशीय टी–ट्वान्टी क्रिकेटमा ओमानमाथि नेपालको शानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चारदेशीय टी–ट्वान्टी क्रिकेटमा ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जित हात पारेको छ ।

शुक्रबार अल अमेरात क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले आयोजक ओमान माथि ६ विकेटको शानदार जित हात पारेको हो ।

ओमानले दिएको १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाँकी छदा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए । दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो ।

यस्तै आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन जोडे । ओमानका लागि कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । यस्तै जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिदा कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।

 

सम्बन्धित खवर