पबित्रहाङमा कप : जनता सेभेन इलाम सेमिफाईनलमा प्रबेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : जनता सेभेन इलाम सेमिफाईनलमा प्रबेश

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (शुक्रबार) सम्पन्न दोस्रो चरणको पहिलो खेलमा माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको हो ।

जनता सेभेनलाई जित दिलाउन जेनीफर राना मगरले निर्णायक गोल गरे । जेनीफरले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । अव फाईनल यात्राका लागि जनता सेभेन इलामले सेमिफाईनलमा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको वुमन अफ दी म्याच जनता सेभेन इलामकी जेनीफर राना मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत शनिबार(भोली) दोस्रो चरणको खोस्रो खेल केराबारी गाउँपालिका खेलकुद समिति मोरङ र पञ्चकन्या एफ.सी. उदयपुर बीच हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए.पि.एफ.सी.माङसेबुङ इलाम, रोयल स्पोर्टीङ क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, केराबारी गाउँपालिका खेलकुद समिति मोरङ, माङसेबुङ गाउँपालिका इलाम, जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम, डि.डब्लु.एफ.सि. धरान सुनसरी, पञ्चकन्या एफ.सी. उदयपुर, कन्काई नगरपालिका झापा, सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

 

सम्बन्धित खवर