पबित्रहाङमा कप : आज केराबारी मोरङ र पञ्चकन्या उदयपुर भिड्दै - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : आज केराबारी मोरङ र पञ्चकन्या उदयपुर भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) केराबारी गाउँपालिका खेलकुद समिति मोरङ र पञ्चकन्या एफ.सी.उदयपुर बीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा अपरान्ह २ बजे हुने प्रतियोगिता अन्तरगत दोस्रो चरणको पहिलो खेलमा केराबारी मोरङ र पञ्चकन्या उदयपुर बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि माउण्ट एभरेस्ट सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन इलाम सेमिफाईनलमा प्रबेश गरेको हो । जनता सेभेनलाई जित दिलाउन जेनीफर राना मगरले निर्णायक गोल गरे । जेनीफरले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

खेलको वुमन अफ दी म्याच जनता सेभेन इलामकी जेनीफर राना मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

सम्बन्धित खवर