पबित्रहाङमा कप : केराबारी मोरङ सेमिफाईनलमा प्रबेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : केराबारी मोरङ सेमिफाईनलमा प्रबेश

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा केराबारी गाउँपालिका खेलकुद समिति मोरङ सेमिफाईनलमा प्रबेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (शुक्रबार) सम्पन्न दोस्रो चरणको दोस्रो खेलमा पञ्चकन्या एफ.सी. उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै केराबारी मोरङ सेमिफाईनलमा प्रबेश गरेको हो ।

केराबारी मोरङलाई जित दिलाउन सदिपा व्लोन तामाङले २ गोल र कामना राईले एक गोल गरे । यस्तै पञ्चकन्या उदयपुरका लागि सिवाङगी स्नेहा र अस्मिता चौधरीले एक एक गोल फर्काए ।

केराबारीका लागि नेपाली राष्ट्रिय महिला खेलाडी समेत रहेका सदिपाले खेलको तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको २३ औं मिनेटमा उदयपुरकी अस्मिता चौधरीले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

यसैगरि केराबारीका लागि खेलको ६८ औं भिनेटमा सदिपा तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को अग्रता बनाईन । यस्तै खेलको ७० औं मिनेटमा केराबारी मोरङकी कामना राईले गोल गर्दै ३–१ को अग्रता बनाईन ।

खेलको इन्जुरी समयमा उदयपुरका लागि सिवाङगी स्नेहाले गोल गर्दै खेललाई ३–२ मा फर्काए पनि हार टार्न भने सकेन ।


खेलको वुमन अफ दी म्याच उदयपुरकी अस्मिता चौधरी घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत आईतबार(भोली) पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलाम र जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम बीच हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

सम्बन्धित खवर