पबित्रहाङमा कप : जनता सेभेनलाई सडेन् डेत्थमा हराउदै माङसेबुङ फाईनलमा प्रबेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : जनता सेभेनलाई सडेन् डेत्थमा हराउदै माङसेबुङ फाईनलमा प्रबेश

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलाम फाईनलमा प्रबेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (आइतबार) सम्पन्न पहिलो सेमिफाईनल खेलमा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलामलाई सडेन डेत्थमा ४–३ गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेल निधारित समयमा एक एक गोलको बराबरीमा सकियो । त्यस्पछि थप गरिएको समयमा समेत दूबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । नतिजा सडेन् डेत्थ सम्म कुर्नु प¥यो ।

माङसेबुङका लागि लोरेक्स राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर माङसेबुङगै कविता राईले आत्मघाती गोल गरेपछि जनता सेभेन एक एक गोलको बराबरीमा खेलमा फर्केका थिए ।

खेलको वुमन अफ दी म्याच माङसेबुङकी स्वस्तिका राई घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत सोमबार(भोली) दोस्रो सेमिफाईनल खेल ए.पी.एफ.सी.माङसेबुङ इलाम र केराबारी गाउँपालिका खेलकुद समिति मोरङ बीच हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

सम्बन्धित खवर