पबित्रहाङमा कप : आज ए.पी.एफ.सी.माङसेबुङ र केराबारी मोरङ भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : आज ए.पी.एफ.सी.माङसेबुङ र केराबारी मोरङ भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता अन्तरगत आज(सोमबार) ए.पी.एफ.सी.माङसेबुङ इलाम र केराबारी गाउँपालिका खेलकुद समिति मोरङ बीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा अपरान्ह २ बजे हुने प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनल खेलमा ए.पी.एफ.सी.माङसेबुङ र केराबारी मोरङ बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि आइतबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलामलाई सडेन डेत्थमा पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको हो ।

खेलको वुमन अफ दी म्याच माङसेबुङकी स्वस्तिका राई घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

सम्बन्धित खवर