पबित्रहाङमा कप : उपाधिका लागि माङसेबुङ गाउँपालिका र ए.पी.एफ.सी.माङसेबुङ भिड्दै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : उपाधिका लागि माङसेबुङ गाउँपालिका र ए.पी.एफ.सी.माङसेबुङ भिड्दै

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता अन्तरगत उपाधिका लागि आज(मंगलबार) माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति र ए.पी.एफ.सी.माङसेबुङ इलाम बीच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा बिहान १० बजे हुने फाईनल खेलमा माङसेबुङ गाउँपालिका र ए.पी.एफ.सी.माङसेबुङ बीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि आइतबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलामलाई सडेन डेत्थमा पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको हो । यस्तै सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा केराबारी मोरङलाई १–० ले पराजित गर्दै ए.पी.एफ.सी.माङसेबुङ फाईनल प्रबेश गरेको हो ।

प्रतियोगितामा आजनै फूटबलका साथै अन्य विभिन्न मौलिक खेलहरु पनि सञ्चालन हुनेछन् । मौलिक खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड, तान गुन्द्री बुन्ने, सियो धागो उन्ने, कराँते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित खवर