ए डिभिजन लिगको उपाधि दोस्रो पटक मच्छिन्द्र क्लवलाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ए डिभिजन लिगको उपाधि दोस्रो पटक मच्छिन्द्र क्लवलाई

माङसेबुङ । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

आज बुधबार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई १–० गोलले हराउँदै मच्छिन्द्र फुटबल क्लब दुई खेलअघि नै लिगको बिजेता बनेको हो ।

मच्छिन्द्रका लागि ५३ औँ मिनेटमा नोर्लान नोभ्रुजोवले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।

अघिल्लो संस्करणको ए डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको ११ खेलमा १५ अङ्क रहेको छ ।

सम्बन्धित खवर