काठमाडौं । नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानमाथि ३९ रनको सानदार जित हासिल गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।
ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिदा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । यस्तै अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे भने सन्दीप लामिछाने १६ रनमा अविजित रहे । यसैगरि लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट लिए भने, विलाल खानले दुई–दुई विकेट हात पारे । यस्तै फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए ।
ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो तर बलरहरु चम्किदा नेपालले सानदार जित सुरुवात गर्न सफल भएको छ ।