विश्वकप छनोट : ओमानलाई हराउँदै नेपाल तेस्रो स्थानमा - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : ओमानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं । नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए मा तेस्रो स्थान हासिल गरेको छ ।

बिहीबार तेस्रो स्थानको लागि अल अमेरातमा भएको प्ले अफमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

नेपालले ओमानले दिएको ८८ रनको लक्ष्य १६ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहदै ५५ रन बनाए । उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

आरिफ शेख २१ रनमा अविजित रहंदा आसिफ शेख १३ रन बनाएर आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए ।

सम्बन्धित खवर