प्रथम पाथीभरा नकाउट फूटबलमा बालुबाडी ‘ए’को विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम पाथीभरा नकाउट फूटबलमा बालुबाडी ‘ए’को विजयी सुरुवात

  • सुक योङहाङ

कचनकवल । प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ मा बालुबाडी युवा परिवार ‘ए’ ले सानदार बिजयी सुरुवात गरेको छ ।

झापाको कचनकवल ७ बालुबडीमा अवस्थित कुनाबाडी खेल मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा सुकुनाडिकी युवा परिवारलाई ५–० गोल अन्तरले पराजित गर्दै आयोजक बालुबाडी ‘ए’ ले सानदार बिजयी सुरुवात गरेको हो ।

बालुबाडी ‘ए’को जीतमा रोमन तामाङले ह्याट्रिक पुरा गरे । यस्तै आयुस कार्की र रोमन लिम्बूले एक–एक गोल गरे । सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो ।

यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता अन्तरगत भोलि (आइतबार) तारावन युवा परिवार र बनियानी युवा परिवार वीच हुनेछ ।

यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने आयोजकले जनाएको छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमको प्रमुख आतिथ्यमा र कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीको बिशेष अतिथ्यमा सम्पन्न उदघाटन समारोहमा बिशेष अतिथी लक्ष्मी सुव्वा, अथितिहरु भरत राजवंशी, बैजनाथ राजवंशी, मोहन खनाल, किरण लिम्बू, हरि लिम्बू रमेश पौडेल, हेम लिम्बू र नर तुम्बाहाङफे लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष कैलाश थेबको अध्यक्षतामा बालुबाडी युवा परिवार कचनकवल ७ झापाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा सञ्चालन भक्त शंकर र स्वागत मन्तव्य श्यामलाल राजबंशीले गरेका हुन् ।

 

सम्बन्धित खवर