- सुक योङहाङ
कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फुटबल प्रतियोगिता २०७८ मा बनियानी युवा परिवारले बिजयी सुरुवात गरेको छ ।
शनिबार कुनाबाडी खेल मैदानमा सम्पन्न खेलमा तारावन युवा परिवारलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बनियानीले बिजयी सुरुवात गरेको हो ।
निर्धारित समयमा एक–एक गोलको बारबरीमा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो । खेलको पहिलो हाफमा प्रशान्त थाम्सुहाङले गोल गर्दै तारावन युवा परिवारलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको एक मिनेटमै राकेश शाहले गोल गार्दै बनियानी युवा परिवारलाई बराबरीमा फर्काए । ताराबनले सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु प¥यो । खेलको मेन अफ दी म्याच बनियानीका राकेश शाह घोषित भएका छन् ।
यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता अन्तरगत भोलि (आइतबार) घेराबारी युवा परिवार र डाँगाबारी एकता क्लव वीच हुनेछ ।
यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने आयोजकले जनाएको छ ।