प्रथम पाथीभरा नकाउट फूटबलमा घेराबारीको सानदार जित - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम पाथीभरा नकाउट फूटबलमा घेराबारीको सानदार जित

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ मा घेराबारी युवा परिवारले सानदार जित निकालेको छ ।

आईबार कुनाबाडी खेल मैदानमा सम्पन्न खेलमा डाँगाबारी एकता क्लवलाई ५–० गोल अन्तरले पराजित गर्दै घेराबारीले सानदार जित निकालेको हो ।

घेराबारीको जितमा बिज्ञान लिम्बूले दूई गोल गरे । यस्तै महेन्द्र नेपाल, धन बहादुर मगर र राजेश हेमरले एक–एक गोल गरे ।

खेलको बाह्रौं मिनेटमा महेन्द्र नेपालले गोल गर्दै घेराबारीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि धन बहादुर मगरले गोल गर्दै पहिलो हाफेमै अग्रता देव्वर बनयो ।

खेल अवधिभर एकतर्फी पक्कर जमाएको घेराबारीका लागि दोस्रो हाफमा रजेश हेमरले गोल गर्दै ३–० को अग्रता बनाए । त्यस्पछि बिज्ञान लिम्बूले लगातार दूई गोल गर्दै ५–० को जित दिलाए । खेलको मेन अफ दी म्याच घेराबारीका गोपाल किस्नु घोषित भएका छन् ।

यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता अन्तरगत भोलि (सोमबार) बगान युथ क्लव र बालुबाडी एकता क्लव ‘बी’ वीच हुनेछ ।

यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर