प्रथम पाथीभरा नकाउट फूटबल : सडेन् डेत्थमा बगान युथको संघर्षपुर्ण जित - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम पाथीभरा नकाउट फूटबल : सडेन् डेत्थमा बगान युथको संघर्षपुर्ण जित

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ मा बगान युथ क्लवले संघर्षपुर्ण जित निकालेको छ ।

आईबार कुनाबाडी खेल मैदानमा सम्पन्न खेलमा सडेन् डेत्थमा बालुबाडी युवा परिवार ‘बी’लाई ९–८ गोल अन्तरले पराजित गर्दै बगान युथले संघर्षपुर्ण जित निकालेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको हो । ट्राईब्रेकरमा समेत नतिजा आउन नसक्दा सडेन डेत्थमा बगान युथका गोल किपरले एक गोल सेभ गरे संगै नतिजा कप्जा गरेको हो ।

खेलको मेन अफ दी म्याच बालुबाडी युवा परिवारका गोल किपर निश्चल लिम्बु घोषित भएका छन् ।

यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता अन्तरगत बुधबार बालुबाडी युवा परिवार ‘ए’ र घेराबारी युवा परिवार वीच हुनेछ ।

यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर