- सुक योङहाङ
कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ मा घेराबारी युवा परिवार फाईनलमा प्रबेश गरेको छ ।
बुधबार कुनाबाडी खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा ट्राईब्रेकरमा बालुबाडी युवा परिवार ‘ए’ लाई ४–२ गोल अन्तरले पराजित गर्दै घेराबारी फाईनलमा प्रबेश गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि नतिजा ट्राईब्रेकरमा धकेलिएको हो । ट्राईब्रेकरमा घेराबारी युवा परिवार भाग्यमानी सावित भयो ।
खेलको मेन अफ दी म्याच घेराबारी युवा परिवारका महेन्द्र नेपाली घोषित भएका छन् ।
यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता अन्तरगत बिहिबार हुने दोस्रो सेमिफाईनल खेल बनियानी युवा परिवार र बगान युथ क्लव वीच हुनेछ ।
यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने आयोजकले जनाएको छ ।