- सुक योङहाङ
कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ मा बनियानी युवा परिवार फाईनलमा प्रबेश गरेको छ ।
बिहिबार कुनाबाडी खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाईनल खेलमा बगान युथ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बनियानी फाईनलमा प्रबेश गरेको हो ।
बनियानीको जितमा आयुष अधिकारीको एकमात्र गोल निर्णायक बन्यो । आयुषले खेलको १५ औं मिनेटमानै गोल गर्दै बनियानीलाई अग्रता दिलाएका थिए ।
खेलको मेन अफ दी म्याच बनियानी युवा परिवारका निसान्त कटुवाल घोषित भएका छन् ।
यसरीनै प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिताको उपाधिका लगि शनिबार घेराबारी युवा परिवार र बनियानी युवा परिवार वीच हुनेछ ।
यस्तै प्रतियोगिताको बिजेताले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छ ।