झापा गोल्ड कप : जावलाखेललाई ट्राईब्रेकरमा हराउँदै सातदोबाटो क्वाटरफाइनलमा - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : जावलाखेललाई ट्राईब्रेकरमा हराउँदै सातदोबाटो क्वाटरफाइनलमा

  • आन्छुमे नसान

बिर्तामोड । नेपाल आईस पाचौं झापा गोल्ड कपमा सातदोबाटो युथ क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सातदोबाटो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय २–२ गोलको बराबरी सकिएपछि खेलको नतिजा ट्राईब्रेकरमा धकेलिएको थियो ।

सातदोबाटोको जितका लागि ट्राईब्रेकरमा आकाश बुढा मगर, प्रशान्त अवस्थी, मान बहादुर तामाङ अजयी मार्टिनले गोल गरे ।

यता जावलाखेलका लागि भने सुरज ज्यु ठकुरी र ओन्गुना जुनियरले गोल गरे । तर, राजेन्द्र रावल र गौरव श्रेष्ठले गोल गर्न सकेनन् ।

यस अघि खेलको तेस्रो मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको १२ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई १–१ को बराबरीमा फर्काए ।

यसैगरि खेलको ३४ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए । तर, खेलको ४८ औं मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई २–२ को बराबरीमा फर्काएका थिए ।

खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ प्राप्त गरे ।

प्रतियोगितामा भोली(आईतबार) विभागिय टोली नेपाल पुलिस क्लव र संकटा क्लब विच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछ ।

यसैगरि उच्च गोलकर्तालाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुनेछ ।

सम्बन्धित खवर