प्रथम पाथीभरा नकाउट फूटबलको उपाधि बनियानी युवा परिवारलाई - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम पाथीभरा नकाउट फूटबलको उपाधि बनियानी युवा परिवारलाई

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल ७ बालुबडीमा जारि प्रथम पाथीभरा नकाउट फूटबल प्रतियोगिता २०७८ को उपाधि बनियानी युवा परिवारले जितेको छ ।

शनिबार कुनाबाडी खेल मैदानमा भएको फाईनल खेलमा घेराबारी युवा परिवारलाई २–० गोल अन्तरले हराउँदै बनियानीले उपाधि जितेको हो ।

बनियानीको जितमा राम बाबु शाहले २ गोल गरे । उनले खेलको पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफमा पुनः गोल गर्दै २–० को जित दिलाए ।

खेलको मेन अफ दी म्याच बनियानी युवा परिवारका राकेश शाह घोषित भए । यस्तै उत्कृष्ट गोल किपर बनियानीका सचिन शाह, उत्कृष्ट मिडफिल्डर बनियानीका निशान्त कटुवाल घोषित भए ।

यसैगरि उत्कृष्ट डिफेन्डर बालुबाडीका मिक्सेन थेबे र उत्कृष्ट प्लेयर घेराबारीका साजन लिम्बू घोषित भए भने सर्वाधिक गोल कर्ता बालुबाडीका रोमन तामाङ भए ।

उपाधि जितेसँगै बनियानीले नगद २५ हजार पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेता बनेका घेराबारीले नगद १५ हजार पुरस्कारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाउनु प¥यो ।

सम्बन्धित खवर