झापा गोल्ड कप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाईनलमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाईनलमा

  • आन्छुमे नसान(काकीराम लावती)/सङसेमी माङयुङ

बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा थ्री स्टार क्लबलाई हराउँदै संकटा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

संकटाकोे जितमा विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । संकटा पहिलो पटक झापा गोल्डकप खेल्न आएको हो ।

थ्री स्टार भने पहिलो पटक झापा गोल्डकपको सेमिफाइनल प्रवेश गर्नबाट बञ्चित भएको छ ।

संकटालाई फोफोनाको क्रसमा थ्री स्टारको डिफेन्डर र गोलरक्षक बिचको तालमेलको नमिलेको फाइदा उठाउँदै यानिकले खेलको २५ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा फोडे फोफोनाले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेनन् ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे ।

झापा गोल्ड कपमा भोली(बुधबार) तेश्रो क्वार्टर फाइनल बिभागिय टीम त्रिभुवन आर्मी फुटबल क्लब र एम एफसी दार्जिलिङबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

सम्बन्धित खवर