प्रथम अध्यक्ष कप : आयोजक कमललाई हराउँदै टेम्के सेमिफाईनलमा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम अध्यक्ष कप : आयोजक कमललाई हराउँदै टेम्के सेमिफाईनलमा

  • आन्छुमे नसान(काकीराम लावती)

कमल । टेम्के फुटबल क्लब धरान, सुनसरी प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको सेमिफाईनलमा प्रबेश गरेको छ ।

बुधबार कमल गाउँपालिका ३, स्थित केरखा खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोल अन्तरले हराउँदै टेम्के धरान सेमिफाईनलमा प्रबेश गरेको हो ।

टेम्केको जितमा जनक कोइरालाले एक मात्र गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच टेम्के धरानका जनक कोइराला घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

आज देखि सुरु भएको अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिता अन्तरगत भोलि (बिहिबार) धनकुटा फुटबल क्लब धनकुटा र श्री नयाँ श्रीनाथ गण चारआली झापा हुनेछ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

कमल गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाईनल खेल चै २ गते हुने आयोजकले जनाएको छ ।

 

 

सम्बन्धित खवर