अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपको फाइनलमा आउने - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपको फाइनलमा आउने

बिर्तामोड । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् ।

अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् ।

प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।

कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए ।

कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरिसकेका छन् ।

 

 

सम्बन्धित खवर