प्रथम अध्यक्षकप : रेडहर्षलाई हराउँदै टेम्के फाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम अध्यक्षकप : रेडहर्षलाई हराउँदै टेम्के फाइनलमा

कमल । प्रदेशस्तरिय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । मनिस थापा र अनिस थापाको प्रहार पोष्ट बाहिरीयो ।

टेम्केका कैलाश बस्नेत, अस्तोष राई, आकाश राई र बसन्त कुमार वानियाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

केरखा खेल मैदानमा भइरहेको अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा १७ औ. मिनेटमा टेम्केका मनिश चेम्जोङले गोल गरेका थिए । आकाश राईलेले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मनिश चेम्जोङले गोल गरे । टेम्केले पहिलो हाफमा १–० को नतिजामा रेडहर्षलाई दवावमा राखेको थियो ।

दोस्रो हाफको २० औँ मिनेटमा रेडहर्षका मनिस थापाले गोल गर्दै खेल बराबरीमा पारे । निर्धारित समयमा १–१ को बराबरी नतिजा भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

आइतबार भएको खेलको प्लेयर अफ दि म्याच टेम्केका आविस्कार खड्का घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए । सोमबारको दोस्रो दोस्रो सेमिफाइनल खेल एपीएफ पकली सुनसरी र धुलाबारी फुटबल एकाडेमी झापाबीच हुने आयोजकले जनाएको छ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित खवर