दमक गोल्डकप : आगमी ९ चैतदेखि १८ गते सम्म सञ्चालन हुने - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकप : आगमी ९ चैतदेखि १८ गते सम्म सञ्चालन हुने

दमक । दमक गोल्डकप आगमी ९ चैतदेखि सञ्चालन हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप आगमी ९ चैतदेखि १८ गते सम्म सञ्चालन हुने भएको हो ।

पत्रकार मञ्च दमकको हलमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना महामारीले दुई वर्ष रोकिएको गोल्डकप यस वर्षदेखि सुरु गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबसहित १० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

गोल्डकपमा लिग बिजेता मच्छिन्द्र क्लब, दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङमर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, बागमती क्लब, आयोजक दमक ११, भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टिल र क्यामरुनको एमेनियर फुटबल क्लबको सहभागिता रहने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए ।

आयोजकले गोल्डकपको तयारी धमाधम भइरहेको जनाएको छ । अहिले मैदान सम्याउने, प्याराफिट निर्माणलगायतको काम भइरहेको आयोजकले जनाएको छ ।

झापाको दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर