प्रथम अध्यक्षकपको उपाधिका लागि आज टेम्के र एपीएफ भिड्दै - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम अध्यक्षकपको उपाधिका लागि आज टेम्के र एपीएफ भिड्दै

दमक । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज(बिहिबार) टेम्के फुटबल क्लब सुनसरी र एपीएफ पकली सुनसरीबीच प्रतिस्पर्धा हुदैंछ ।

कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा रेडहर्ष फुटबल क्लब इलामलाई हराउँदै फाईनल प्रवेश गरेको टेम्के र धुलाबारी फुटबल एकाडेमिलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको एपीएफ पकलीबीच फाइनल खेल ठिक २ बजे बाट सुरु हुने आयोजक समितिले जनाएको छ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख सहित ट्रफि, मेडर रप्रमाण पत्र पाउनेछ ।

प्रतियोगितको उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।

 

सम्बन्धित खवर