- कबिन तुम्बापो लिम्बु
धनकुटा । धनकुटा जिल्ला चौविसे गाउँपालिका वडा नं. ८ देउराली भन्ज्याङमा किरात कुसङ येल्ले तङबे ५०८४ को अवसरमा आयोजित छैटौँ कुसङ तङबे पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
हरेक बर्ष पर्वको रुपमा विविध मनोरन्जनात्मक खेल र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि किरात नयाँ बर्ष मनाउदै आउने क्रममा यश बर्ष पनि पुरुष भलिबल प्रतियोगिता सन्चालन गरिएको थियो ।
उक्त प्रतियोगितामा धनकुटाको ओख्रे, डाडाबाजार, चौविसे र मोरङको सिंहदेवी वाराङगी, भोगटेनी लगायतका क्षेत्रबाट खेलाडि टिमको सहभागिता रहेको थियो । जम्मा टिम नौवटा टिम जुटेको आयोजक कमिटिका अध्यक्ष आराम थेगिमले बताए ।
यश खेलमा डाडाँबजार भलिबल टिम विजेता भएको थियो भने आयोजक भलिबल टिम उप बिजेता भएको थियो । बिजेता डाँडाबजार पुरुष भलिबल टिमलाई नगद पुरस्कार तीसहाजार र ट्रफी मेडल प्रदान गरिएको थियो । त्यस्तै उप बिजेता आयोजक पुरुष भलिबल टिमलाई नगद पुरस्कार बीसहजार र ट्रफी मेडल प्रदान गरिएको थियो ।
५०८४ चैत्र १ किरात नयाँ साल फेरे सँगै प्रतियोगिता सुरु गरिएको थियो । मंगलबार सुरु गरिएको खेल बुधबार समापन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी चौविसे गाउँपलिका अध्यक्ष खजिन्द्र राइले सम्बोधन गरेका थिए । त्यस्तै अतिथिहरुमा ८ नं. वडा अध्यक्ष धनबहादुर खजुम, संघीय लिम्बुवन मन्च नेपाल धनकुटा अध्यक्ष कविर चेमजोङ, कार्यक्रमका मुख्य प्रायोजक युवा समजसेवि हरि खजुम, जेफाले निर्माण सेवा प्रा.लि. का प्रो. छवि वाजि र कमल खड्का, स्व. योङहाङ तिलमाया खजुम स्मृतिका प्रतिनिधि दिपेन्द्र खजुम लगायत सह प्रायोजकहरु र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सेकेण्ड रनरअप प्रायोजक स्व. आमा योङ्हाङ तिलमाया खजुम स्मृति प्रतिनिधी दिपेन्द्र खजुम, प्रथम प्रायोजक जेफाले निर्माण प्रा.लि.का प्रो. कमल खड्का, सिंहदेवी मा.वि. प्र.अ. तेजबहादुर थापा, केराबारी २ नं. वडा अध्यक्ष प्रेम वाजि लिम्बू, चौविसे ७ नं. वडा अध्यक्ष दुर्गा सुबेदी र चौविसे ८ नं. वडा अध्यक्ष धनबहादुर खजुम लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम समारोहका अध्यक्ष आराम थेगिमको अध्यक्षतामा र स्वागत मन्तब्य समारोहका सचिव टेकबीर युङ्साहाङले र कार्यक्रम सन्चालन समारोहका सदस्य श्रीमान खजुमले गरेका थिए ।