किरात साम्नी यम्बुगेन सार्वजानिक - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्नी यम्बुगेन सार्वजानिक

माङसेबुङ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्राज्ञिकहरुको समूह किरात साम्नी यम्बुगेनको सार्वजनिक कार्यक्रम भएको छ ।

शुक्रबार माङसेबुङको निजी गुरुआश्रममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको देव उपस्थितिमा प्राज्ञिकहरुको समूह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) लाई सार्वजनिक गरिएको हो ।

किरात धर्ममा पहिलो पटक स्थापना भएको किरात भाषा, किरात लिपि र मुन्धुमी साहित्यको लागि यम्बुगेनको कुलपति मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन रहनुभएको छ ।

उपकुलपतिमा क्रमशः किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र विज्ञ उपकुलपति प्राज्ञ हरिचन्द्र लाओती रहेका छन् ।

विज्ञ सदस्यहरुमा क्रमश, माङमिङसोहाङ लिङदेन, लछामी सेर्मा पापोहाङ, सेर्मा साम्जीरी सेमी, एन.एस फागो, भिमा खजुम, तेजबहादुर थलङ मनप्रसाद, आङबुहाङ अबोध अविरल र भिम गुरुङ र सदस्य सचिव भगिहाङ नेम्बाङ रहेका छन् ।

लेखकहरुमा, ललितचन्द्र फियाक, खडक सम्बाङफे, बुद्धहाङ नेम्बाङ, हरि हुक्पा चोङबाङ, इन्द्र आङदेम्बे, कल्पना लिङदेन, पूर्णकुमारी लिङदेन मनोनित भएका छन् भने सल्लाहकारहरुमा क्रमश, संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघकै महासचिव डिपी साम्पाङ, गुरु निजी सचिव खडक साँबा रहेका छन् ।

कार्यक्रममा यम्बुगेनका कुलपति किरात धर्मगुरुले नया समितिलाई आशीर्वाद आशीर्वचन समेत प्रदान गर्नु भएको थियो । त्यसैगरी उपकुलपति, विज्ञ उपकुलपति, लेखक, सहल्लाहकारहरुलाई किरात धर्मगुरु हस्ताक्षरित डायरी, फूलमाला र माङफुङ प्रदान गर्नुभएको थियो ।

यम्बुगेन घोषणा कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य संघका अध्यक्ष तथा उपकुलपति डकेन्द्रसिं थेगिमले गरे भने सफथ ग्रहणका लागि माङगेन्ना सेवा समितिका अध्यक्ष तथा उपकुलपति केहेरसिं योङहाङले गर्नुभएको थियो ।

सम्बन्धित खवर