दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक

दमक । दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

नगर खेलकुद विकास समिति दमकको आयोजनामा चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो ।

गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक –११ र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दमक नगरपालिका ३ दुम्सेमा अवस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आयोजना हुने गोल्डकपमा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर