दमक गोल्डकप : गोर्खा ब्वाइज क्वाटरफाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकप : गोर्खा ब्वाइज क्वाटरफाइनलमा प्रवेश

दमक । झापाको दमकमा जारी दमक गोल्डकपमा गोर्खा ब्वाइज क्लब रुपन्देहीले सानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा दुर्गापुर सन्डे क्लब कोलकत्तालाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गोर्खा ब्वाइजको जितमा यानिकले ह्याट्रीक गरे । यस्तै सुसन तामाङ र सुनील खड्काले एक–एक गोल गरे ।

खेलको दास्रो मिनेटमै मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएपछि गोर्खा ब्वाइजले खेलमा अग्रता लियो । यसछि खेलको २० औँ मिनेटमा यानिकले व्यक्तिगत दोस्रो गोल गर्दै गोर्खाब्वाइजले अग्रतालाई दोब्बर बनाए ।

यसैगरि खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । त्यसपछि सुनिल खड्काले गोल गर्दै अग्रता ४–० को बनाए । र खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गर्दै ५–० को जित दिलाए ।

दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको बिहीबारको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे ।
भोलि(शुक्रबार)को पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए । बागमतीले यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाईनल खेल चैत १८ गते हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर