दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस सेमिफाईनलमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस सेमिफाईनलमा

दमक । झापाको दमकमा जारि दमक गोल्डकपमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा क्यामरुनको एमिनियर फुटबल क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा क्यामरुनका जोस्पिनले गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो ।

ट्राइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । यता क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे ।

जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ ।

सम्बन्धित खवर