दमक गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा

दमक । झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं प्रवेश गरेको छ ।

सोमबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

पुलिसको जीतमा खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले गरेको गोल निर्णयक बन्यो । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर