दमक गोल्डकपको उपाधि मनाङले चुम्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक गोल्डकपको उपाधि मनाङले चुम्यो

दमक । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले चुमेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले पराजित गर्दै मनाङले उपाधि बव्जा गरेको हो ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा मनाङको जितमा अफिज ओलावलले र शिशिर लेखीले गोल गरे ।

खेलको ५९ औँ मिनेटमा अन्जान विष्टको क्रसलाई ओलावालेले वानटचमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औँ मिनेटमा लेखीले गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।

जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगरखेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, सर्वाधिक गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरुले जनही नगद २१ हजार प्राप्त गरे ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भए । उनले लाई माउन्टेनबाइक पाए ।

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ का प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

 

 

सम्बन्धित खवर