इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा संचालन भएको अध्यक्ष गोल्ड कप दोस्रो संस्कारणको उपाधि पुरुष तर्फ कोल्बोटे एफसी र महिला तर्फ माङसेबुङ एफसीले जितेको छ ।
आइतबार सम्पन्न भएको पुरुष तर्फको खेलमा मनकामना एफसीलाई २–१ गोल अन्तरले हराउँदै कोल्बोटेले उपाधि जितेको हो ।
यसैगरि महिला लर्फको खेलमा ट्राईबेकरमा मनकामना एफसीलाई ५–४ गोल अन्तरल हराउँदै माङसेबुङ विजयी भएको हो । यस्तै भेट्रान तर्फ पितामोरुङ भेट्रानलाई १–० गोल अन्तरले हराउँदै इलाम भेट्रान विजयी बनेको हो ।
खेलमा पुरुष तर्फ विजेता कोल्बोटेले दुई लाख रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेतामा चित्त बुझाएका मनकामनाले एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यता महिला तर्फ बिजेता बनेका माङसेबुङले र भेट्रान तर्फ इलामले ५० हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेता बनेका मनकामना र पितामारुङ ले २५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।
पुरूष, महिला र ४० वर्ष माथिको भेट्रान टिम सहभागि रहेको खेलमा पुरुष तर्फ जम्मा २० टिम, महिला तर्फ १२ र भेट्रानमा ८ टिमको सहभाहिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकुमार श्रेठ, विशिष्ट अतिथि प्रमुख प्रसाशकिय अधिकृत दिलकुमार लिम्बु, वडाध्यक्ष याम बहादुर खत्री पौडेल, टेकवीर लिम्बु र डिकबहादुर थापा सहित आयोजकका अध्यक्ष थापा लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
पालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा अध्यक्ष गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता संचालन भएको थियो ।