विशाल राई राष्ट्रिय टोलीमा फर्किए - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विशाल राई राष्ट्रिय टोलीमा फर्किए

दमक । मिडफिल्डर विशाल राई एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोलीमा फर्किएका छन् ।

बिहीबार विशाललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीमा राखिएको जनाएको छ ।

यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका थिए । जसमा विशाल परेका थिएनन् ।

समूह ‘ए’ मा रहेको नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

जुन ८ देखि १४ सम्म हुने छनोट खेलहरुबाट हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने जुन ११ मा कुवेत, जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रशिक्षणमा बोलाइएका खेलाडी ः

किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राई

 

 

सम्बन्धित खवर