एन्फाले अलमुताईरी र खेलाडी विवाद छानबिन समिति गठन गर्ने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एन्फाले अलमुताईरी र खेलाडी विवाद छानबिन समिति गठन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद समाधानका लागि छानबिन समिति गठन गर्ने भएको छ ।

मंगलबार खेलाडीसँग छलफल गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिवाद समाधानका लागि छानबिन समिति गठन गर्ने जानकारी दिए ।

छानबिन समितिले चार दिन भित्र प्रतिवेदन बुझाउने गरि बुधबार छानबिन समिति गठन गर्ने भनि खेलाडीसँगको भेटमा अध्यक्ष शेर्पाले जानकारी दिए ।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

सम्बन्धित खवर