काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६–५ ले विजयी भयो ।
खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो ।
त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाउँदै रियललाई फाइनल पुर्राए ।
अब रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।