राखेपद्वारा नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राखेपद्वारा नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

आगमी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदमा कस्तुरी मृगको मस्कट राखिएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचान झल्किने माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको उक्त लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।

राखेपले नवौं राष्ट्रिय खेलकूदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारसहित सार्वजनिक सूचना जारी गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।

 

सम्बन्धित खवर