पाहुना टोली जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाहुना टोली जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित

काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ लाई ९ विकेटले हराउदै सानदार जित निकालेको हो ।

जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३४ रन जोड्दा विनोद भण्डारी ४ रनमा अविजित रहे ।

जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए । यस्तै ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।

नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।

यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

सम्बन्धित खवर