एन्फाद्वारा अलमुताईरी र खेलाडी विवाद छानबिन समिति गठन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एन्फाद्वारा अलमुताईरी र खेलाडी विवाद छानबिन समिति गठन

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले कमिटि गठन गरेको छ ।

आइतबार बसेको एन्फाको कार्यसमिति बैठकले विवादको सत्यतथ्य पहिचान गर्न छानबिन समिति गठन गरेको हो ।

एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदसीय कमिटी गठन गरेको हो ।

कमिटीमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् ।

कमिटीले ७ दिन भित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ ।

खेलाडी र प्रशिक्षकबीच विवाद देखिएपछि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेपछि बैठक बसेको हो ।

सम्बन्धित खवर