आईपीएल : बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

माङसेबुङ। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति अहमदाबादमा भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा प्रवेश गरेकोे हो ।

बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१ रन, देबदुत पडीकल ९ तथा शिम्रन हिटमायर २ अविजित रहे ।

बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो ।

बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान फाप डु प्लेसिसले २५ ग्लेन म्याक्सवेलले २४ रन तथा साहबाज अहमेद १२ रनमा अविजित रहे ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए ।

अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ ।

सम्बन्धित खवर